‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गाउँमै प्रयोगशाला सेवा

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला  सेवा सुरुआत गरिएको छ ।  

 गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम,  चिमखोला र कुइनेवासीलाई लक्षित सेवा सञ्चालनमा ल्याएको हो ।  सो प्रयोगशालाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिसको परीक्षण गरिने  चिकित्सक डा सन्तोष बोहोराले जानकारी दिनुभयो ।  “रगत र पिसाव परिक्षण गरेर रोग पहिचान र उपचारमा सहज भएको छ,” उहाँले भन्नुभयो “प्रयोगशाला सञ्चालन गर्न गाउँपालिकाले छुट्टै जनशक्ति व्यवस्थापन गरेको छ ।” यसअघि प्रयोगशालाको सेवाका लागि सदरमुकाम बेनी जाने गरेका थिए । सदरमुकाम जान आउन लाग्ने समय र खर्चको बचत हुने स्थानीय रमेश सिंह ठकुरीले बताउनुभयो ।  

पिप्लेसंगै पाखापानीमा प्रयोगशाला सेवा यसै बर्षमा सुचारु गर्ने गरी सामान र जनशक्ति व्यवस्थापन गरिसकेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । “पिप्लेमा अस्पताल बनाउनका लागि केन्द्र र प्रदेश सरकारसंग माग गरेका छौ,” उहाँले भन्नुभयो “एक्सरे सेवा संचालन गर्नका लागि भवन निर्माण भईरहेको छ ।” 

अध्यक्ष भण्डारीले आठ  वडाका स्वास्थ्य चौकी वाहेक अपायक पर्ने वस्तीमा थप आठ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जानकारी दिनुभयो  । गाउँपालिकाभित्र थप भएको सेवाहरुलाई जनतामैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, लगायत सामाजिक ब्यक्तित्वले प्रचारप्रसार र एकअर्कालाई जानकारी गराएर प्रयोगशाला सेवा प्रभावकारी रुपमा संचालन गराउनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ४० बजे