‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

तातोपानी नाकाबाट थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ ।

सोही नाका भएर बुधवार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । 

बुधवार भित्रिएका मल प्रयोगशाला परीक्षण  गरी राजधानी पठाइएको  तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिनुभयो । 

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ । सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो ।

बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जनाएको छ । रासस 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ०८ बजे