खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

मनकामना केबुलकार एक दिन बन्द हुने

मुग्लिन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकार एक दिन बन्द हुने भएको छ । 

नियमित मर्मत सम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो ।

मर्मत सम्भारपछि चैत १५ गते मङ्गलवारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहने छ ।

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १० : ५८ बजे