काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ः०० बजे बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ ।  बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरूले बताएका छन् ।

काँग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदै छ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसक्नुभएको छ ।

 

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : ०४ बजे