चिनियाँ विदेश मन्त्री वाङ तीन दिने भ्रमणका लागि आज  नेपाल आउनुहुँदै

काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणको लागि आज नेपाल आउँदै हुनुहुन्छ ।  

परराष्ट्र मन्त्री डा.नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङले आजदेखि तीन दिन नेपाल भ्रमण गर्न लाग्नुभएको हो । 

भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार उहाँको भ्रमणका अवसरमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताको कार्यक्रम तय भएको छ । 

नेपाल भ्रमणका क्रममा परराष्ट्र मन्त्री डा.खड्का र उहाँका चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डल स्तरमा भोलि शनिवार १२ गते द्विपक्षीय हित र चासोका बारेमा छलफल गर्ने कार्यक्रम छ । 

चिनियाँ विदेश मन्त्री वाङ चैत १३ गते  आइतबार नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ३४ बजे