खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

अज्ञात समूहद्वारा याङ्लाकोटको बुद्दपार्कमा तोडफोड

सिन्धुपाल्चोक । अज्ञात समूहले  जुगल गाउँपालिका वडा नम्बर ७ स्थित याङ्लाकोटको बुद्ध पार्क तोडफोड गरेका छन् । बुधबार राती अज्ञात समूहद्वारा बुद्धको मूर्तिमा तोडफोड भएको हो ।  

बुद्धको ठुला दुई वटा मूर्ति र साना ४ वटा मूर्तिमा तोडफोड भएको जुगल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिल लामाले बताउनुभयो ।‘दुई वटा ठुला मूर्ति र ४ वटा साना मूर्तिहरूमा तोडफोड गरिएको छ । कसले तोडफोड गर्‍यो भन्ने अहिलेसम्म खुलिसकेको छैन’,उहाँले भन्नुभयो । ‘गए राती तोडफोड भएको हो । हामी को हो रु भनेर खोजी गर्दै छौ’,उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ६ : ०१ बजे