विवेकशील साझाका  दिपेश बैध सहित दर्जनौ नेता कार्यकर्ताहरु एमालेमा प्रवेश

काठमाडौं । २०७४ सालको संघीय निर्वाचनमा विवेकशील शाझा पार्टीबाट काठमाडौं क्षेत्र नं ४ (१) का उम्मेदवार दिपेश बैध सहित दर्जनौ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। 

२०७४ सालको प्रदेस सभाको निर्वाचनमा ३५१७ मत प्राप्त गर्नुभएका बैधले काठमाडौं क्षेत्र नं ४ ( १ ) मा तेस्रो स्थान हासिल गर्नुभएको थियो।

काठमाडौं बबरमहलमा चलिरहेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिपेश बैध र बागमती प्रदेश सम्पदा विभाग प्रमुख तथा युवा नेता सुमित दास रञ्जितकारको नेतृत्वमा दुई दर्जन बढी नेकपा एमालेमा प्रवेश गराउनु भयो । 

विवेकशील शाझा पार्टीका काठमाडौं जिल्ला कमिटी सदस्य समेत रहेनु भएका बैध सहित रितेस मल्ल ,रुजिना श्रेष्ठ ,उज्जला स्थापित,शिशिर दर्शनधारी ,लक्ष्मण मुनिकार ,राज रंजितकार ,सुरज तन्डुकार ,उपेन शाक्य ,सुमन मानन्धर ,विराज उपाध्याय ,रचना कर्माचार्य ,अमृत रिजाल ,रबि श्रेष्ठ ,सबिन श्रेष्ठ ,सनोज राना ,सुयस श्रेष्ठ र मदन श्रेष्ठ सहित दर्जानु नेकपा एमालेमा प्रवेस गर्नुभएको हो। 

त्यस्तै नेकपा माओवादी केन्द्र काठमाण्डौ जिल्ला कमिटीका सदस्य काठमाडौं महानगरपालिका वडा नं १ का  बिष्णु सापकोटा पनि सोही अवसरमा नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ५ : ४४ बजे