एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । बालुवाटारमा आज आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्ध एक कदम अगाडि बढेको बताउनुभएको हो । 

कार्यक्रममा वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भईरहेको उहाँले बताउनुभयो । अहिले प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ । त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौ । छिट्टै निर्णय लिइन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित हुनुहुन्थ्यो । चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताउनुभयो ।

चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । 

 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ४७ बजे