तलकाले भनेर केही हुँदैन माथिबाटै गठबन्धन गरिन्छ : अध्यक्ष  प्रचण्ड

​​​​​​​चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् ।  

माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै दाहालले कतिपय काग्रेंसका स्थानीय नेताहरुले गठबन्धन नमान्ने कुरा गरेको सुने पनि उनले माथिबाट गठबन्धन भई छाड्ने बताए । 

चितवनका काग्रेंसले भनेर केही नहुने भन्दै उनले माथि बाटै गठबन्धन हुने संकेत गरे  । 

जनताको घरमा खाना खाँदा चुनावको झल्को

स्थानीय तह निर्वाचन नजिकिँएसँगै दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवनका गाउँगाउँमा पुग्न थालेका छन् । निर्वाचन नजिकिएसँगै अघिपछि विरलै देखिने तस्बिर फेरी देखिन थालेको छ ।  बिहीवार आफ्नै निर्वाचन क्षेत्र (चितवन– ३) अन्तर्गत पर्ने माडी पुगेका प्रचण्डले शहीद परिवारमा पुगेर खाना खाएको तस्वीर उनकी छोरी गंगा दाहालले फेसबूकमा राखेकी छन् । माडी ७ देवेन्द्र टोलस्थित माओवादी जनयुद्धका शहीद नीलकण्ठ सुवेदीको घरमा पुगेर प्रचण्डले बिहीवार बिहानको खाना खाएका हुन् । प्रचण्डले यसरी जनताको घरमा खाना खाएको देखाउँदा अब स्थानीय तहको चुनावले नेताहरुलाई छोएको आम बुझाई छ । 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  २ : ३६ बजे