दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमै सुरु भयो रोबोटिक प्रविधिबाट शल्यक्रिया

मोरङ । मोरङको विराटनगरमा रोबटिक प्रविधिबाट पहिलो पटक शल्यक्रिया सुरु गरिएको छ।

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले नेपालमै पहिलो पटक यो प्रविधि सुरु गरेको हो । अस्पतालले मान्छेको हातजस्तै रोबटको हातको माध्यमबाट अत्यन्तै जटिल शल्यक्रिया समेत गर्न सकिने बताएको छ।

मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले रोबोटलाई आवाज वा मेकानिकल दुवै तरिकाबाट शल्य चिकित्सकले नियन्त्रण वा निर्देशन दिन सक्ने बताउनुभयो । रोबटिक आम प्रविधिका कारण शल्यक्रिया गर्न कम समय लाग्ने र यो प्रविधि नेपालमै पहिलो पटक विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सुरु गरेको कार्कीको दाबी छ।

अस्पतालले रोवोटिक प्रविधि सुरु गरेपछि हालसम्म २० वटा शल्यक्रिया गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ५६ बजे