माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

खुल्दै कुलमानको कमजोरी : भारतको बिजुली किन्न नसक्दा सुरु भयो फेरी लोडसेडिङ

थपियो दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार 

काठमाडौँ । मङ्गलवार रातीबाट नेपाली उद्योगीहरूले विद्युत् पाउन छोडेका छन् । ‘लोडसेडिङ मुक्त नेपाल’ भनेर हल्ला फैल्याएपनी   मङ्गलवार रातीबाट भैरहवा औद्योगिक क्षेत्र र लुम्बिनी कोरिडोरका ठुला उद्योगहरूले लोडसेडिङ खेप्नु परेको हो ।

भारतबाट विद्युत् आयात हुन नसक्दा  ठुला उद्योगहरूले अहिले लोडसेडिङ खेप्नु परेको छ  । नेपालले दैनिक रूपमा भारतबाट  प्रतियुनिट  ८ देखि ९ रुपैयाँको विद्युत् खरिद गर्दै आएको थियो  । भारतमा अहिले बिजुलीको मूल्य  प्रतियुनिट ३६ रुपैयाँ पुगेपछि  नेपालले बिजुली पाउन छोडेको हो । बिजुली नपाउँदा नेपाली उद्योगहरूले एक रातमा अर्बौँ नोक्सान बेहोर्नु परेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका कारण भारतलाई प्रतियुनिट ३ रुपैयाँ ६८ पैसामा बिजुली बेच्ने र भारतबाट आयात गर्दा प्रतियुनिट २५ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने अवस्था आएको छ ।

भारतमा विद्युत् महँगो हुँदा नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट भारु १२ मा खरिद गर्ने भनेर बिड गरेता पनि विद्युत् पाउन सजिलो छैन किन भने  यो भन्दा बढी मूल्यमा भारतीय उद्योगहरू विद्युत् किन्न तयार छन् । भारतमा अहिले विद्युत्को मूल्य  प्रतियुनिट १५.२७ पैसा भारु छ उक्त विद्युत् नेपाल ल्याउँदा थप ५३ पैसा भारु प्रशारणलाइन शुल्क बापत थपिन्छ र प्रतियुनिट १५.८० पैसा भारु पर्छ जसको नेपाली मूल्य प्रतियुनिट लागत २५.२८ रुपैयाँ हुन्छ ।

नेपालले भारतबाट दैनिकरुपमा १२ सय मेगावाट प्रतिघण्टाका दरले विद्युत् आयात गर्नुपर्ने बाध्यतामा छ । भारतमा विद्युत्को मूल्य बढेसँगै र नेपालले महँगो शुल्क तिरेर विद्युत् खरिद गर्ने अवस्था समेत नहुँदा देश पुनः अन्धकारमय युगतर्फ लम्किएको छ ।  

भारतमा विद्युत्को मूल्य बढ्ने क्रम अझै जारी छ । भारतमा बिजुलीको मूल्य भारु २० रुपैयाँसम्म पुग्ने अवस्था छ । नेपालले यदि भारतबाट प्रतियुनिट बिजुलीको मूल्य २० भारु तिरेर किन्ने हाे भने प्राधिकरणले ३५ दिनमा ८.५० अर्ब नोक्सानी बेहोर्ने खतरा  हुन्छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने आफ्नो बचाउ गर्दै भारतमा कोइलाको अभाव हुँदा बिजुली महँगोमा किन्नुपर्ने अवस्था आएको बताउँछन् ।  प्राधिकरणले अबको ३५ दिनमा ८ अर्ब ५० करोड थप नोक्सान बेहोर्नुपर्ने अवस्था आउने कुलमान स्वयम् स्विकार्छन् । 

प्राधिकरणका निर्देशक  कुलमान बिचौलियाको काम गर्दा हिरो भएका हुन् जुन वास्तविकता अहिले छर्लङ्ग हुँदै गएको जानाकारहरु बताउँछन् ।  उद्योगीहरू   कुलमानकाे डिजाइनमा अहिले प्राधिकरणले भारतबाट महँगोमा बिजुली किनेर बिचौलियाको काम गरिरहेको बताउछन् ।  नेपालमा  बिजुली उत्पादन क्रमशः बढिरहेपनि नेपालकै विद्युत्ले बिजुली बाल्ने अवस्था नरहेको उद्योगीहरूको भनाई छ । समयमै  विधुत प्रशारण लाइन नबनाइदा नेपालले फेरी लोडसेडिङ भोग्नु पर्ने अवस्था आउन लागेको उनीहरुको तर्क छ । 

नेपालले अहिले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमित रूपमा आयात गर्दै आएको छ । तर विगत एक महिनादेखी यी दुवैले नेपाललाई बिजुली दिएका छैनन् ।

एक उद्योगीका अनुसार नेपालमा अहिले १६ सय मेगावाट विद्युत्को आवश्यकता रहेको छ, सधैँभरि भारतबाट बिचौलिया जस्तै विद्युत् किनेर ल्याउने अनि यहाँ बेच्न सम्भव हुँदैन । कुलमानले  बिचौलियाको काम मात्र गरेर वाहवाही पाएका हुन, हामी हाम्रो सामर्थ्यमा उभिएका छौनौ धेरै जसो ऊर्जा विज्ञहरूको भनाई छ । नेपाल आफ्नै उत्पादनमा आत्मनिर्भर हुनु पर्नेमा भारतबाट ल्याइएको बिजुलीलाई सस्तो प्रचार गरेर हिरो बन्दाको परिणाम फेरी मुलुकले भोग्ने अवस्था आएको उनीहरूको भनाई छ ।  । कुलमानले आफ्नो देशमा विद्युत् उत्पादन बढाउनुपर्ने कुरामा ध्यान दिनु पर्नेमा भारतबाट ल्याएको बिजुली देखाएर सबैलाई मक्ख पारे अहिले हालत छरप्रष्ट भयो,उनीहरुले भने । ।

कुलमानका कारण साना लगानीका जलविद्युतको पीपीए रोकिएको कसैले देख्दैन र समाचार बनाउँदैनन्  । यो देशमा उत्पादन गर्ने होइन, दलाली गर्नेहरू हिरो कहलिएका छन् त्यसैले देशको अर्थतन्त्र डामाडोल अवस्थामा पुग्यो,विज्ञहरुको तर्क छ । 

चुनाबको मुखमा लोडसेडिङ हुने भएसँगै विचौलियाहरु हौसिएका छन् । उनीहरु फेरी भारीमात्रामा इन्भटर, ब्याट्री लगायतका समान बेचेर चुनावी खर्च जुटाउने दाउँमा छन् । उत्पादन र प्रशारणमा कुनै ध्यान नदिई भारतबाट खरिद गरिएको विजुलीबाट लेडसेडिङ हटेको तथ्यलाई लुकाईरहेका कुलमानको कमजोरी भने उनकै पालमा छताछुल्ल भएको छ । 

घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको बताउँदै यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने बताइसकेका छन् ।  घिसिङले एक हप्ताका लागि उच्च मूल्य मूल्यमा बिजुलीको जोहो गरिएको  रलामो समय यसलाई जारी राख्न नसकिने बताएका हुन् । 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १ : ३१ बजे