दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एसईई दिनका लागि १४ वर्ष पुग्नुपर्ने थ्रेसहोल्ड हट्याे

काठमाडौं ।  सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गतेको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको  हो ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सरकारले गरेको निर्णयको  सूचना प्राप्त भएर कार्यान्वयनमा गएको जानकारी दिनुभयो ।

अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको उहाँले बताउनुभयो ।

बालबालिकाको वृद्धि विकासको दृष्टिले पाँच वर्ष पुगेपछि मात्रै विद्यालयमा भर्ना गर्नु ठिक हुने तर कतिपय बालबालिकाले केही कक्षा नपढी माथिल्लो कक्षामा जान सक्ने अवस्था हुने भएकाले उमेरको हद हटाउनु उपयुक्त देखिएको शर्माले बताउनुभयो । 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ५ : ५२ बजे