खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार ३७६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोनाको  संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २६९ जना रहेका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितहरुको संख्या २ हजार ४५३ रहेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ५३ बजे