खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा। गन्यापधुरा  गाउँपालिका–१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ ।

सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि  राजमार्ग अवरुद्ध भएको जिल्ला  प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन् ।सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ४ : ४४ बजे