खुर्काेटमा बेलिबृज जडान सुरु

स्थानीय चुनावमा  को कहाँ खटिने ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन दिनुभएको छ । 

पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष ओलीले को कहाँ खटिने किटान गर्नुभएको हो ।  जस अनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लाको निर्वाचनमा केन्द्रित हुनुपर्नेछ । 

त्यस्तै विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मन्चहरुमा आबद्ध नेता कार्यकर्ता आ–आफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुने छन् ।

 कुन सदस्य कहाँ खटिन्छन् ?

केन्द्रीय कमिटी सदस्य : जिल्लामा
प्रदेश कमिटी सदस्य : पालिकामा
जिल्ला कमिटी सदस्य : वडामा
वडा कमिटी सदस्य : टोल टोलमा
टोल कमिटी सदस्य : घर धुरीहरुमा
सम्पर्क मन्च सदस्य : पालिकामा

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ५४ बजे