काँग्रेसका चर्चित नेतासहित  १० को हत्या,घर घरमा आगजनी

काठमाडौँ । भारतमा कांग्रेसका चर्चित नेतासहित १० जनाको हत्या भएको छ ।  भारतको पश्चिम बंगालमा एकैदिन १० जनाको हत्या भएको हो।

सोमबार साँझ बिरभूम जिल्लाको रामपुरहाट क्षेत्रमा अज्ञात व्यक्तिहरुले तृणमूल काँग्रेस पार्टीका चर्चित एक नेतासहित बोक्तइ गाउँका उपप्रधान भादु शेखको हत्या र्भपनि  उनका समर्थकले हुलदंगा गरेका थिए।

समर्थकले आक्र’मणमा संलग्न भएको आशंकामा केही मानिसका घरहरुमा आगजनी गर्दै कुटपिट गर्दा अन्य ८ जनाको मृत्यु भएको हो ।  खबरअनुसार हालसम्म यस घटनामा १० जनाको शव बरामद भएको छ भने धेरै घरमा आगो लगाइएको पाइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : ४२ बजे