खुर्काेटमा बेलिबृज जडान सुरु

गाडीमै ३५ मिनेटमा पुगिने चन्द्रागिरि जान प्रधानमन्त्री देउवाले चढे हेलिकोप्टर

​​​​​​​काठमाडौं। दिगो पर्वतीय समाधानका निम्ति क्षेत्रीय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका छन्।

दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका १३ मुलुकका प्रतिनिधिलाई ‍नेपालकोतर्फबाट सम्वोधन गर्न प्रधानमन्त्री देउवा वालुवाटारबाट हेलिकोप्टर चढेर चन्द्रागिरि पुगेका हुन्।

१४ किलोमिटरको बाटो गाडीमा जाँदा ३५ मिनेटमा पुग्न सकिन्छ भने हिडेरै जाने हो भने दुई घण्टामा पुग्न सकिन्छ । 

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सो सम्मेलनमा पर्वतीय महिला, पर्वत–समथर भु–भाग, पर्वतीय अर्थतन्त्र, पर्वतीय दिगो विकास, पर्वतीय संस्कृतिलगायतका बिषयमा कार्यपत्र प्रस्तुत हुनेछन्।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ३ : २२ बजे