साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

अनियमित महिनावारी   हुनेलाई कलेजो सम्बन्धी गम्भिर जोखिम

काठमाडौं । महिनावारी गडबड हुने महिलाहरूमा कलेजोसँग सम्बन्धितगम्भिर स्वास्थ्य समस्या देखिने गरेको  एक अध्ययनले देखाएको छ । 

महिलाहरूमा हुने महिनावारी एक सामान्य प्राकृतिक जैविक प्रक्रिया हो । बालिकाहरूमा सामान्यतः १२ वर्षदेखि महिलामा महिनावारीको प्रक्रिया सुरु भई ४५ देखि ५० वर्षमा रोकिने गर्दछ । प्रत्येक महिलाको महिनावारी चक्र फरक फरक हुन्छ र यो महिलाको शारीरिक बनावटमा निर्भर रहन्छ ।

सामान्य महिनावारीको क्रममा महिलाको योनीबाट रक्तश्राप २ देखि ८ दिनसम्म चलिरहन्छ तर धेरै महिलाहरूमा यो चक्र ४ दिनसम्म चलिरहन्छ । कहिलेकाहीँ महिनावारीसँग जोडिएका लक्षणहरूलाई महिलाहरूले सामान्य ठान्छन् तर केही लक्षणहरू यस्ता हुन्छन् जसले गम्भीर समस्या निम्त्याइरहेको सङ्केत गरिरहेको हुन्छ ।

४० वर्षभन्दा कम उमेरका महिलामा गरिएको एक अध्ययनले अनियमित महिनावारीको समस्या रहेका महिलाहरूमा कलेजोसँग सम्बन्धित रोगको जोखिम उच्च रहने देखाएको छ । अफिस अन वोमेन हेल्थका अनुसार यदि महिनावारी २४ देखि ३८ दिनसम्म हुन्छ भने त्यसलाई नियमित मान्न सकिन्छ ।

उक्त अध्ययन ४० वर्षभन्दा कम उमेरका ७२ हजार ९२ जना महिलामा गरिएको थियो । अध्ययनका अनुसार जुन महिलाको महिनावारी अनियमित थियो उनीहरूमा कलेजोसम्बन्धी समस्याको जोखिम धेरै देखिएको थियो ।

अक्सफोर्ड युनिभर्सिटीका डाइटिसियन तथा ओविसिट अनुसन्धानकर्ता डा।दिमित्रियोस कौटाकैडिससका अनुसार उक्त अध्ययनमा हर्मोनले कलेजोमा केही प्रभाव पार्छ भनेर बुझिएको थियो । सेक्स हर्मोन एस्ट्राजन र टेस्टोस्टेरोनका असामान्य स्तर नन अल्कोहोलिक फ्याटी लिभर रोगको जोखिम बढाउन सक्ने अध्ययनले पत्ता लगाएको थियो ।

यो समस्यालाई रोक्नका लागि तुरुन्तै कुनै उपाय छैन यद्यपि महिनावारीलाई नियमित बनाउन जीवनशैलीमा केही परिवर्तन भने गर्न सकिने डा।कौटाकैडियसको भनाइ छ ।

जीवनशैली परिवर्तनका लागि निम्न काम गर्न सकिन्छ ।

तौल बढ्न नदिने

मद्यपान नगर्ने

धुमपान नगर्ने

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : ५१ बजे