दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

फिस्टुला रोगको उपचार निःशुल्क

चितवन। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रसव फिस्टुला रोग पहिचान र उपचार निःशुल्क सुरु गरेको छ । मन्त्रालयले यसका लागि काठमाडौँमा रहेको मोडल अस्पतालसँग सहकार्य गरेको छ ।

    यस रोगको पहिचानसँगै उपचारसम्बन्धी कार्यविधि निर्माण गरी मुख्यमन्त्री कार्यालयमा पेस गरेको छ । बिरामीले निःशुल्क उपचार पाउन थालेका छन् भने कार्यविधिमा कुरुवाका लागि निःशुल्क सेवा दिनका लागि मुख्यमन्त्री कार्यालयमा पेस गरिएकोे मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । 

    उहाँका अनुसार प्रसूति हुने समयमा लामो व्यथा लाग्नु वा सामान्य सुत्केरी हुन नसक्ने अवस्थामा बल परेर पिसाब थैली वा मलाशयमा दबाब परेर प्वाल पर्ने हुन्छ । समयमा उपचार भएन भने पिसाब वा दिसा निरन्तर आइरहने समस्या हुनेलाई प्रसव फिस्टुला रोग भन्ने गरिन्छ ।

    यो रोग भएका बिरामीहरुको दुर्गन्ध आउने भएकाले समाजमा लुकेर बस्ने गर्दछन् । लुकेर बसेका बिरामीहरुलाई ल्याएर शून्यमा झार्ने लक्ष्यका साथ प्रदेश सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको विज्ञ रमेश अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम सुरु हुँदै गर्दा मन्त्रालयले यस रोगका बारेमा जानकारी गराउन आज भरतपुरमा एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ । 

    जिल्लामा रहेका सात पालिकामा स्वास्थ्य शाखाप्रमुखहरु एवं प्रतिनिधिसँग गरिएको अभिमुखीकरण कार्यक्रममा मोडल अस्पतालकी प्रसूति रोग विशेषज्ञ डा रञ्जना श्रेष्ठले रोगका बारेमा जानकारी दिनुभएको थियो । रोग लागिसकेपछि यसको निराकरण कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्दै उहाँले यो रोगको समाधान शल्यक्रियाबाट मात्रै हुन सक्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालय योजना शाखाका दीपक तिवारी, दुर्गा चापागाईं लगायतले बोल्नुभएको थियो । रासस

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  २ : ३१ बजे