माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने, उजुरी वा जानकारीका लागि ११०२ मा फोन गर्नुस्

काठमाडौं – निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ ।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो ।

कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले सोही नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा कुनै जिज्ञासा, प्रश्न सोध्न सकिने बताउनु भयो । कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।

कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता/कार्यकर्ताले सूचना जानकारी लिन सक्ने तथा आचारसंहिता उल्लंघनका घटनामा उजुरी दिन सक्ने आयोगले जानकारी दिएको छ ।  

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  १० : ०८ बजे