‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मेलम्चीमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची  जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स र  नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रथम मेयर कप ब्याडमिन्टन  प्रतियोगिता हुने भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र मेलम्ची ब्याडमिन्टन एकेडेमीको आयोजनामा  हुने प्रतियोगिता यही चैत ११ र १२  गते हुने  छ । 

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ  प्रतियोगिताले  आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोगी हुने आयोजक मेलम्ची ब्याडमिन्टन एकेडेमीले   जनाएको  छ  । 

प्रतियोगिताका विजेतालाई जिल्ला स्तरीय खुल्ला पुरुष डबल्सतर्फ  प्रथम द्धितीय र तृतीयलाई क्रमशः  नगद ३०,०००, २०००० र १००० सहित  ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।  त्यसैगरी नगर स्तरीय खुल्ला पुरुष डबल्स प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५००० ,१०००० र ५००० सहित  ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : १७ बजे