अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित

लस एन्जलस ।अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन् ।  

“यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,” एक अधिकारीले भने । रासस

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : २९ बजे