खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पूर्वमन्त्री सिंह, अभिनेत्री करिश्मा मानन्धरसहित विभिन्न दलका नेता एमालेमा प्रवेश

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ ।  

आज काठमाडौंको कर्की ब्याक्वेटमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराउनुभएको हो । 
सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर पनि एमालेमा प्रवेश गर्नुभएको छ ।  सिंह पुष्पकमल दाहाल नेतृत्वको सरकार हुँदा खानेपानीमन्त्री हुनुहुन्थ्यो। अभिनेत्री मानन्धर भने बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय रहेनुभए पनि पछिल्लो समय निष्क्रिय हुनुहुन्थ्यो । 

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ ।  

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुले स्वागत गर्नुभयो ।  

​​​​​​​

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  २ : ०७ बजे