खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रचण्डको अवस्था भिखारी जस्तो भयो:  धनराज गुरुङ

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् । 

स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको बताएका छन् । 

'प्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छ' उनले भने ।

प्रचण्ड यसरी हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किन पर्ने अवस्थासमेत आउने उनको भनाइ थियो ।  

‘कहिले  शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा ३० गतेपछि खालि नहोस् भनेर कामना गर्दछु,’  उनले भने ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ५८ बजे