खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

स्थानीय निर्वाचनमा एमालेले आवश्यकताको आधारमा तालमेल गर्ने

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अन्य दलसँग आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने भएको छ । यसबारे पार्टीले अहिलेसम्म आधिकारिक निर्णय  गरिसकेको छैन् तर सत्तारूढ दलहरू चुनावी तालमेलमा देखिएपछि एमालेले पनि चुनावी तालमेल गर्ने केही नेताले जनाएका छन् ।  

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आवश्यकताको आधारमा अन्य दलहरूसँग चुनावी तालमेल हुने बताउनुभयो । 'अहिले नै हामीले निर्णय गरिसकेका छैनौं । तर, स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्था लगायत विषय हेरेर सहकार्य वा तालमेल हुनसक्छ ।' उहाँले भन्नुभयो । 

पार्टीभित्र पनि यस विषयमा आवाज उठिरहेको उहाँले बताउनुभयो । ‘केन्द्रीय कमिटी सदस्यहरूले चुनावी तालमेल गर्ने विषयमा पार्टीको ठोस धारणा आउनुपर्‍यो भन्नुभएको छ,’ उहाँले भन्नुभयो , ‘यसमा हामी निर्णय गरेर वामएकता गरेर तालमेल गर्रौ, चुनावी तालमेल गरौं भने जादैंनौँ । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । नेकपा एमालेलाई सबै स्थानीय तहमा एकल बहुमतको साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौँ ।’ 

स्थानीय तहमा जहाँजहाँ जोसँग सम्भव हुन्छ ति शक्तिहरूसँग चुनावी तालमेल हुनसक्ने उहाँको भनाइ छ । 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ३६ बजे