खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रचण्डलाई दलाल भन्दै बागलुङ नगरका अध्यक्षद्वारा पार्टी परित्यागको घोषणा (पत्रसहित)

​​​​​​​काठमाडौं । ​​​​​​​ प्रचण्डलाई दलाल भन्दै नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटी अध्यक्ष इन्द्र केसी (पारस)ले पार्टी परित्यागको  घोषणा गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारीगर्दै माओवादी केन्द्र बागलुङका नगर अध्यक्ष केसीले प्रचण्डमा वामपन्थी आन्दोलनलाई बलियो बनाउनु  भन्दा पनि दलाल, नोकरशाही, पुँजिवादको प्रतिनिधिपात्र भएको भन्दै पार्टी परित्यागको  घोषणा गरेका हुन् । उनीले एमसीसी प्रकरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोर भूमिका र राष्ट्रिय हितमा विचलन भएका कारण माओवादी केन्द्र परित्याग गरेको केसीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

माओवादी केन्द्रले जनयुद्धमा उठाएका मुद्दा बिर्सँदै गएको भन्दै पार्टीमा रहनुपर्ने सैद्धान्ति, वैचारिक कारण नरहेको स्पष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्ड नेपाली कांग्रेससँग सहकार्य गर्ने र उसैसँग लसपसिएर सत्ताको वरिपरि रहने भत्ता संसदीय कार्यनीति अपनाएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष केसीले आफुले आफ्नो जीवनका उर्जाशील दिनहरु पार्टीमा खर्चिएर पनि लाभको कुनै पद नलिएको र तत्काल कुनै पार्टीमा प्रवेश नगरेको विज्ञप्ति मार्फत जनाएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ३८ बजे