खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एमालेले ९ वैशाखमा स्थानीय तह चुनावी घोषणपत्र सार्वजनिक गर्ने 

काठमाडौं ।   एमालेले आगामी ९ वैशाखमा आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले चुनावी घोषणपत्र सार्वजनिक गर्न लागेको हो । 

अहिले चुनावी घोषणापत्रको मस्यौदा बनाउने काम भइरहेको छ । साेमबार बसेको एमाले पोलिटब्यूरो बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीशुब्बा गुरूङले जानकारी दिनुभयाे । 

साेमबारको बैठकमा उम्मेद्वारहरूको मापदण्ड के हुन्छ भन्ने विषयमा थप छलफल भएको उपमहासचिव गुरूङले बताउनुभयाे  । मापदण्डको विषयमा छलफल भएको र केही आधार तय गरेको उहाँकाे भनाइ छ । 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : १७ बजे