खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

एउटै पदमा धेरैजनाको दाबेदारी भए निर्वाचनबाट टुंग्याउने प्रस्ताव

काठमाडौ- नेकपा एमालेले स्थनीय तहको निर्वाचनमा सदस्यहरुबीच चुनाव गराएर लोकप्रीय नेतालाई उम्मेद्वार बनाउने बाटो पनि खुला गर्ने प्रस्ताव गरेको छ ।

आज जारी पोलिटव्यूरो बैठकमा केही युवा नेताहरुले पार्टी सदस्य र दाबेदारलाई चित्त बुझाएर निर्वाचन अभियानमासँगै लैजानका लागि यो विधी अपनाउनु पर्ने प्रस्ताव गरेका छन् । स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धेरैजनाको दाबेदारी एउटै पदमा भए पार्टी सदस्यहरुबीचमा निर्वाचन गर्नुपर्ने धारणा राख्नु भएको छ । यसमा पोलिटव्यूरोका अन्य सदस्यहरुले पनि समर्थन गरेका छन् ।

कतिपय स्थानीय तह र पात्र कै नाम लिएर समेत बैठकमा छलफल भएको छ । जस्तो इटरहीमा हालका मेयर द्वारिकलाल चौधरीलाई के गर्ने भन्ने सन्दर्भमा आन्तरिक निर्वाचनबाट टुंगो लगाउने भन्ने प्रस्ताव आएको छ ।

‘मतदानबाट उम्मेद्वार टुंगो लगाउने विषयमा पनि दुईखाले मत आएका छन्’ एक पोलिटव्यूरो सदस्यले यो बेलासँग भने ‘एउटा कमिटी भि त्रको मतदान अर्को आम सदस्यहरुबीचको मतदान । दोस्रोमा जाँदाचाँही अन्तरविरोध धेरै बढ्छन् कि भन्ने मत बलियो छ । ’

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : १२ बजे