खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

वीरगञ्जका नेता राजेशमान सिंह जसपामा प्रवेश

वीरगञ्ज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंह अन्तत जनता समाजवादी पार्टी (जसपा) मा  प्रवेश गरेका छन् ।

सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपा त्यागेर राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन् । सिंहसँगै लोसपालगायत अन्य विभिन्न राजनीति दल त्यागेर युवाहरुको ठूलो समूह जसपा प्रवेश गरेका छन् । सिंह यसअघि नेकपा एमालेमा प्रवेश गर्न लागेको भन्दै वीरगञ्जमा पत्रकार सम्मेलन मार्फत जानकारी पनि गराएका थिए। तर वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि उनि अन्योलमा परेका थिए ।

 जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, अब्दुल रहिम अन्सारी (मञ्जुर अन्सारी) लगायतका नेताहरुले सिंहलाई फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

 वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेपछि जसपाले सिंहलाई मेयरको उम्मेदवारका रुपमा लडाउने  तयारी थालेको छ । सिंहले यसअघि राष्ट्रिय जनता पार्टीबाट मेयर लडेर १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा परेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : ५२ बजे