खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त राख्न मिल्दैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त राख्न नमिल्ने बताउनुभएको छ ।

आज पार्टीको पहिलो पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त राख्न नमिल्ने बताउनुभएको हो । उहाँले प्रचलन हेर्ने हो भने जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त गर्ने प्रचलन नभएको बताउनुभएको छ । 

‘जनप्रतिनिधिको कार्यकारीणी पद रिक्त गर्ने प्रचलन हुन्छ कि हुँदैन ? प्रचलन हेर्ने हो भने रिक्त राख्न मिल्दैन । प्रदेश र केन्द्रको निर्वाचन हुँदा सरकार कायम हुने तर स्थानीय तहमा मात्रै रिक्त किन ?’अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले बैठकमा निर्वाचन सार्ने षडयन्त्र भइरहेको समेत बताउनु भएको छ। निर्वाचन आयोगको पछिल्ला निर्णयहरु गठबन्धनबाहेक अन्य दलसँग परामर्श नगरेकोमा आपत्ति समेत जनाउनु भएको छ । उहाँले भन्नुभयो, ‘यो लक्षण उही भरतपुर र सिराहा प्रकरण जस्तो हुने देखिएको छ, यस्तो नहोस भन्ने म आग्रह गर्न चाहान्छु ।’

​​​​​​​ उहाँले स्थानीय तहमा गठबन्धनको बर्चस्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कुनै औचित्य पुष्टि नहुने दावी गर्नुभयो ।  

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : २२ बजे