देशभरको मौसम सफा रहने पूर्वानुमान

मौन अवधि सुरु, के गर्न पाइँदैन

आठ महिनामा व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । 

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा नेपालले विभिन्न देशमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको आयात ३८.६४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु आयात गरेको थियो । 

यस वर्षको सुरुका आठ महिनामा नेपालको निर्यात व्यापार ८२.९० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालले विभिन्न देशमा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : ०८ बजे