खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्छ : अध्यक्ष ओली

​​​​​​​काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह  गर्नुभएको छ ।

बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह  गर्नुभएको हो । अध्यक्ष ओलीले यसपालिको स्थानीय तहको चुनावमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताउनुभएको छ । 

ओलीले भन्नुभयो , ‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल गर्न मञ्जुर गर्दैनौं । किनभने हामी षडयन्त्रभित्र छौं । काउन्टिङ अन्त्य नभएसम्म अन्तिमसम्म मतपेटिका हाम्रो आँखा अगाडि हुनुपर्छ । विश्वास गर्नुस् भन्ने कुरा हुँदैन । विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?’

निर्वाचन आयोग समेत गठवन्धनसँग मिलेको भन्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा ‘भरतपुर र सिराहा काण्ड’ दोहोरिन सक्ने भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले निर्वाचन आयोगप्रति आक्रोश पोख्दै सत्तारुढ गठबन्धनसँग मिलेर नियम,  आचारसंहिता र मतपत्रको रंङको टुंगो लगाएको आरोप लगाउनुभएको छ । 

उहाँले स्थानीय तहमा एमालेको वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम निर्वाचन आयोगले  बनाएको बताउनुभएको छ । निर्वाचन आयोगले हामीसँँग छलफल गर्नु पर्दैन ? भन्दै प्रश्न समेत गर्नुभएको थियो । एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाउनुभएको थियो ।

‘हामीसँँग छलफल गर्नु पर्दैन ? सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नु नपर्ने,’ उहाँले भन्नुभयो , ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’ 

एमालेविरुद्ध आयोग प्रयोग भइरहेको बताउँदै ओलीले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्देशन दिनुभएको छ ।  

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : २० बजे