दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गलकोट नगरपालिकामा स्वास्थ्यचौकी भवन उद्घाटन

बलेवा। गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका– २ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गर्नुभएको छ । उहाँले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताउनुभयो । 

विसं २०५३ मा स्थापना भएको उपस्वास्थ्य चौकी २०६९ मा स्तरोन्नति गरिएको थियो । कोरोना महामारीको कारण ढिला भएकोे नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारले बताउनुभयो । नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान पु¥याउने व्यक्ति र सङ्घ संस्था महिला स्वयंसेविका, भवन निर्माण समिति, जग्गा व्यवस्थापन समिति लगायतलाई सम्मान गरिएको थियो । रासस

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १ : ०५ बजे