खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

वीरगञ्जका दुई वडा अध्यक्षसहित २२ नेता एमालेमा प्रवेश 

​​​​​​​​​​​​​​काठमाडाैँ । विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा मेयर, उपमेयर, वडाअध्यक्षहरु तथा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर देशव्यापी रूपमा बढेको छ ।

आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटमा वीरगञ्ज महानगरपालिकाका दुईजना वडा अध्यक्ष सहित २२ जना नेतालाई एमालेमा प्रवेश गराउनुभएको छ  । 

नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा सह इन्चार्ज निर्मला देवकोटाले  वीरगञ्ज महानगरपालिका २५ का वडाध्यक्ष विश्वराज कुर्मी, २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी सहितको टोली एमालेमा प्रवेश गरेको बताउनुभएको छ  । त्यस्तै जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य अजय साह,पर्सा जिल्ला समन्वय समितिका सदस्य अमोर यादवसहित विभिन्न वडाका जनप्रतिनिधीहरु एमालेमा प्रवेश गरेको जानकारी दिनुभएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई एमालेका अध्यक्ष ओलीले एमालेमा प्रवेश गराउनु भएको थियो। अध्यक्ष ओलीले नेकपा एमालेमा प्रवेश गर्नेहरुलाई विना कुनै भेदभाव उपयुक्त  जिम्मेवारी दिने बताउनुभएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : १८ बजे