दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कालीकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

मान्म। कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो ।

उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी/एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताउनुभयो । “सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उहाँले भन्नुभयो, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा  आइतबारदेखि नियमित सञ्चालनमा आएको छ ।” अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पु¥याउने  लक्ष्य रहेको छ  ।  यसअघि कोभिड–१९का  सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा.सुनारको  भनाइ थियो । 

उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् ।  अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन् । रासस

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ४८ बजे