साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदै छ । 

दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ । 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ३४ बजे