ललितपुर । ललितपुर प्रहरी परिसर जावलाखेलमा आइतबार पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् ।
प्रहरी परिसरका प्रहरी निरीक्षक पुष्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रूपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।
४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ ।
आइतबार बिहान १०ः०० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो । दिउँसो १ः०० बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताउनुभयो ।
ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ९ : ३१ बजे
प्रतिक्रिया