घरमा दाजु-भाइबीच अंशबण्डाको कुराकानी भइरहँदा कुनै एउटा भाइले दिदी-बहिनीहरूलाई बोलाएर खाना खुवाउनु भनेको मेरो पक्षमा दिदी-बहिनीहरूले बोली दिउन् वा मौन बसेर समर्थन गरिदिउन् भन्ने हो । तर त्यो भाइको मनसाय दिदी-बहिनीहरूले कति बुझ्लान् बेग्लै कुरो । त्यस्तै, स्थानीय चुनावको सम्मुखमा भीमबहादुर रावल र घनश्याम भुसाललाई बुर्जुवा मिडियाहरूले बढी नै ठाउँ र भाउ दिनु भनेको उनीहरूले नेकपा एमाले अर्थात् एमाले अध्यक्ष केपी ओलीका विरुद्ध लेखुन् र बोलुन् भन्ने नै हो ।
घनश्याम भुसालको कान्तिपुर दैनिकमा प्रकाशित ‘कम्युनिष्ट पार्टीको भविष्य : एकता वा सत्यानाश’ आलेखले एमाले बलियो बनाउने परिकल्पना गरेको छैन । भुसालले कहीँ कतै पनि आफ्नो लेखमा एमाले बनाउन म योगदान गर्छु भन्न सकेका छैनन् । २०७७ पुस ५ गतेको संसद् विघटनलाई मार्क्सवादी दृष्टिकोणबाट निर्देशित भएर निष्पक्ष र स्वतन्त्र विश्लेषण गर्ने आवश्यकता ठानेनन् । मार्क्सवादीले सधैँ द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्छ । तर घनश्याम भुसालले संसद् विघटनको घटनालाई द्वन्द्वात्मक भौतिकवादीको नजरबाट त्यसको कारण र असरको विश्लेषण गरेनन् । उनले कारणलाई छोडेर परिणाम अर्थात् असरलाई मात्र देखाएर माधव+झलनाथ+प्रचण्ड(माझण्ड)हरूले खेलेका नकारात्मक भूमिकाहरूको घुमाउरो पाराले बचाउ गर्न खोजेका छन् । जब कि संसद् विघटनका पछाडि माझण्डहरूले केपी ओलीको ख्यातिमा आफ्नो प्रगति देख्न नसक्ने उनीहरूको चिन्तन र व्यवहार मुख्य कारण थियो ।
भीमबहादुर रावल नेकपा एमालेलाई कमजोर बनाएर आफू व्यक्तिगत रूपमा बलियो हुने गरी क्रियाशील भइरहेका छन् । यसको मतलब रावलले सांसद पद कायम राख्न मात्र एमाले हुँ भन्दैछन्, जब कि उनले कुनै पनि बखत एमाले छोड्ने मनोविज्ञानका साथ क्रियाकलापहरू गरिरहेका छन् । यति सामान्य पक्ष नेकपा एमालेका नेताहरूले नबुझेको पक्कै नहोला । तर पनि रावलमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको भनेर स्पष्टीकरण सोधिएको छैन ।
घनश्याम भुसालले केपी ओलीलाई प्रमबाट हटाएर शेरबहादुर देउवालाई प्रम बनाउनेहरूको दक्षिणपन्थी सोच र व्यवहारको बस्तुनिष्ठ विश्लेषण र आलोचना नगरेर बचाउ गर्न खोजेको देखिन्छ । यसले एमालेको भन्दा कम्फर्टेबल सत्ता गठबन्धनको स्वार्थ बलियो बनाउने काम गरेको छ । भुसालले लेखमा एमाले बलियो बनाउँछु भन्ने छनक कतै देखाएका छैनन् । यसबाट घनश्याम भुसालको तन एमालेमा त मन भने अझै पनि माझण्डहरूतिरै रहेको हो कि भन्ने सङ्केत गर्दछ । अन्यथा लेखमा विगतमा भएका कमी—कमजोरीहरूका बाबजुद एमालेलाई राजनीतिक रूपमा बलियो बनाउने सङ्कल्प गर्न सक्नुपर्थ्यो। तर एकातिर तन अर्कोतिर मन गरेर राजनीतिमा सफल हुन सकिन्न भन्ने चेत भुसालमा अझै आएको देखिएन । यस्तो अवस्थामा घनश्याम भुसालले कि अबको राजनीतिक बाटो बदल्नु पर्यो कि त विचार वा मन ।
घनश्याम भुसालको आलेखलाई लिएर चितवनका एक जना एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड घनश्याम भुसालले कान्तिपुरमा लेख्नुभएको लेख पढेर यति भन्छु– ओलीलाई चार पटक साधारण सदस्य नरहने गरी कारबाही गर्दा कम्युनिष्ट आन्दोलनमा असर पर्छ । त्यसो नगरौँ किन भन्नुभएन ? प्रम ओलीले विश्वासको मत लिँदा संसद्मा अनुपस्थित हुनु बेठिक हो, यसले कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ त्यसो नगरौँ किन भन्नुभएन ? शेरबहादुर देउवालाई प्रम बनाउन अदालतमा कम्युनिष्ट सांसदलाई लामबद्ध गराउनु बेठिक हो किन भन्नुभएन ? देउवालाई प्रधानमन्त्री बनाउन एमाले पार्टीमा विभाजन ल्याउने माधव नेपालको आलोचना किन गर्नुभएन ?’
घनश्याम भुसालले अझै पनि केपी ओलीलाई मुख्य दोषी देख्दैछन् र देउवालाई शिरमा बोकेर हिँड्ने माझण्डहरूलाई कम्युनिष्ट ठान्दैछन्, उनीहरूले गरेका कम्युनिष्ट विरोधी गतिविधिको खुला रूपमा आलोचना गरेका छैनन् । यतिखेर घनश्याम भुसालले एमालेको पक्षमा दृढताका साथ उभिएर चुनाव जिताउँछौँ भन्न सक्नुपर्थ्यो । आफ्नो लेखमार्फत कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूलाई एमालेको पक्षमा लाग्न आव्हान गर्नुपर्थ्यो । तर घनश्याम भुसालले आफ्नो बौद्धिक क्षमताको दुरुपयोग किन गरिरहेका छन् ? प्रश्न उठेको छ ।
एकातिर तन अर्कोतिर मन गरेर राजनीतिमा सफल हुन सकिन्न भन्ने चेत भुसालमा अझै आएको देखिएन । यस्तो अवस्थामा घनश्याम भुसालले कि अबको राजनीतिक बाटो बदल्नु पर्यो कि त विचार वा मन ।
भीमबहादुर रावलका पछिल्ला हरेक बोली र गतिविधिहरूले भुलेर पनि एमालेको पक्ष लिएको छैन । रावलको राजनीतिक अराजकतावादले कम्युनिष्ट आन्दोलन नै बदनाम हुँदैछ जसरी प्रचण्डको उपयोगितावादले गरिरहेको छ ।
भीमबहादुर रावल नेकपा एमालेलाई कमजोर बनाएर आफू व्यक्तिगत रूपमा बलियो हुने गरी क्रियाशील भइरहेका छन् । यसको मतलब रावलले सांसद पद कायम राख्न मात्र एमाले हुँ भन्दैछन्, जब कि उनले कुनै पनि बखत एमाले छोड्ने मनोविज्ञानका साथ क्रियाकलापहरू गरिरहेका छन् । यति सामान्य पक्ष नेकपा एमालेका नेताहरूले नबुझेको पक्कै नहोला । तर पनि रावलमाथि पार्टी अनुशासन उल्लङ्घन गरेको भनेर स्पष्टीकरण सोधिएको छैन ।
वि.सं. २००७ सालदेखि आजसम्म आइपुग्दा बलियाका विरुद्ध कमजोरहरूको मोर्चा बनाएर नेपालमा नियन्त्रित राजनीतिक तथा संवैधानिक अस्थिरता कायम गर्ने काम भइरहेको छ । हिजो राजतन्त्र विरुद्ध दलहरूको मोर्चा बनाइन्थ्यो, राजतन्त्रपछि जुन पार्टी बलियो भो त्यसका विरुद्ध गठबन्धन बनाउने काम गरेको छ । पछिल्लो समय नेकपा एमाले विरुद्ध माझण्डहरू प्रयोग गरेर कम्फर्टेबल सत्ता गठबन्धन बनेको छ । यो गठबन्धन बन्नुमा भीमबहादुर रावलको विशेष भूमिका थियो ।
ओलीलाई चार पटक साधारण सदस्य नरहने गरी कारबाही गर्दा कम्युनिष्ट आन्दोलनमा असर पर्छ । त्यसो नगरौँ किन भन्नुभएन ? प्रम ओलीले विश्वासको मत लिँदा संसद्मा अनुपस्थित हुनु बेठिक हो, यसले कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ त्यसो नगरौँ किन भन्नुभएन ? शेरबहादुर देउवालाई प्रम बनाउन अदालतमा कम्युनिष्ट सांसदलाई लामबद्ध गराउनु बेठिक हो किन भन्नुभएन ? देउवालाई प्रधानमन्त्री बनाउन एमाले पार्टीमा विभाजन ल्याउने माधव नेपालको आलोचना किन गर्नुभएन ?’
केपी ओलीका कमजोरीहरू होलान्, छैन भनेर बचाउ गर्नुपर्ने कुनै कारण छैन, तर माझण्डहरूको तुलनामा ओली नै विचारमा बढी प्रगतिशील र व्यवहारमा लोकतान्त्रिक देखिन्छन् । यति भन्न कञ्जुस्याईं गरिरहनु पर्दैन, किनभने समकालीन नेतृत्वहरूमध्ये केपी ओलीले नै देश केन्द्रित भविष्यमुखी राजनीति गरिरहेका छन् । त्यसैले जनताको बहुदलीय जनवादबाट निर्देशित नेकपा एमालेको पक्षमा लेख्न र बोल्न अप्ठ्यारो मान्नुपर्दैन ।
यतिखेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेका विरुद्धमा लेख्नु र बोल्नु अस्वाभाविक होइन, किनभने चुनावको सम्मुखमा नेपाली काँग्रेसले आफ्नो मुख्य प्रतिद्वन्द्वी एमालेलाई नै ठानेको छ । तर घनश्याम भुसाल र भीमबहादुर रावलहरूले एमालेलाई नै कमजोर पार्ने गरी गतिविधि गर्छन्, बोल्छन् र लेख्छन् भने बुझ्नुपर्छ, उनीहरू माझण्डहरूझैँ काँग्रेसको मिसनमा सहयोगी भइरहेका छन् । यसरी रावल र भुसालहरू एमालेलाई कमजोर बनाउने रणनीतिबमोजिम प्रयोग भइरहेका त छैनन् ? आशङ्का गर्नुपर्ने अवस्था बनेको छ ।
प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ९ : ०५ बजे
प्रतिक्रिया