‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र युएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

काठमाडौँ । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई शृङ्खलाको तेस्रो खेलमा आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ ।

दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ः०० बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ ।

आज विशेष गरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको थियो । 

नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने युएई तीन खेलमा विजयी भएको छ । 

प्रतियोगितामा नेपाल १० खेलमा ५  जित र ५  हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ । युएई १७ खेलमा ९  जित र ६  हारका साथ २० अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ०९ बजे