खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

गुल्मीमा एमालेको ‘म जहाँ छु–त्यही खट्छु’ चुनावी अभियान 

गुल्मी । स्थानीय तहको निर्वाचनको मिति नजिक आएसँगै नेकपा एमाले गुल्मीले चुनावी अभियान सञ्चालन गरेको छ ।

नेकपा एमाले गुल्मीले  ‘म जहाँ छु–त्यही खट्छु'  मेरो वडा र पालिका म जिताउँछु’ भन्ने अभियान सुरु गरेको हो ।

चुनावमा हरेक नेता, मोर्चा र कार्यकर्ताको सक्रियता बढाउन अभियान सञ्चालन गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो। उहाँले आफू बसेकै ठाउँबाट पार्टी काममा लाग्ने, प्रचार गर्ने, सङ्गठित गर्ने र आम नागरिकमा एमालेका विरुद्ध केन्द्रित दलका भ्रम चिर्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

अहिले सबै पालिकामा भेला प्रशिक्षण, वर्गीय सङ्गठन, सम्पर्क मञ्च तथा कमिटीहरू अधिवेशन धमाधम भएकाले बिस्तारै योजनाबद्ध परिचालनमा पार्टी केन्द्रित हुने काउछाले बताउनुभयो । 

दुवै क्षेत्रमा सङ्घीय सांसद प्रदीप ज्ञवाली र गोकर्ण विष्टले भेला प्रशिक्षण गरिरहनुभएको छ  । प्रदेश सांसद, केन्द्रीय सदस्य र जिल्ला कमिटीहरूले निरन्तर पालिका स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न भएका छन् ।

सत्ता गठबन्धनसँगै चुनावी गठबन्धन गर्नुमा काँग्रेस, एकीकृत समाजवादी र माओवादी पनि सक्रिय भएका छन् । तर, एमालेले आफूलाई एक्लै चुनावी मैदानमा लगेर समृद्ध नेपालको लागि नागरिकको आर्सीवाद खोजिरहेको छ । एमाले फुटको मौका छोप्ने दाउमा रहेको काँग्रेसलाई गठबन्धन सजिलो छैन । माओवादीका अधिकांश नेता आफूलाई सुरक्षित गर्ने रणनीतिमा छन् ।

पछिल्लो समय मात्रै सयौँ माओवादी र काङ्ग्रेसबाट युवा कार्यकर्ता एमालेमा प्रवेशको लहर चलेकाले आफूहरू ढुक्क भएर चुनावी मैदानमा लाग्ने नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले बताउनुभयो । 

काङ्ग्रेसभित्रै चुनाव कुरेर बसेका व्यक्ति, अधिवेशनबाट पाखा लागेको ठुलो तप्का, चुनावी अन्तर्घात तथा माओवादीमा देखिएको एमाले मोहलाई व्यवस्थित गरेर नै आफूहरू अगाडी बढ्ने श्रीपालीले बताउनुभयो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ४४ बजे