स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ । स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ ।

बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ः०० बजे पोलिटब्युरो बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आजको बैठकमा निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने जानकारी दिनुभयो । 

एमालेको पोलिटब्युरोमा ९९ जना हुनुहुन्छ । 

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : १४ बजे