काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागका एक/ दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार मङ्गलवार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधवार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।
प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार ७ : ०८ बजे
प्रतिक्रिया