मन्थली विमानस्थलमा पानी पस्यो

राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर प्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गरेको सिफारिसमा शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : २७ बजे