खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६१ नमुना परीक्षण गर्दा ३७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप ३८२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४१ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९५० पुगेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ०४ बजे