ओलीले समृद्धिको सपना पचाउन नसकेका कारण दुई तिहाइको सरकार ढल्यो : पोखरेल

सुर्खेत । एमाले वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरका देखापरेको बताउनुभएको  छ। कर्णाली प्रदेशस्तरीय अगुवा कार्यक्रता भेला कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीमा दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताउनुभएको हो । 

दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर कांग्रेसको सरकार बनाउने माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड अवसरवादी भएको उहाँले बताउनुभयो । ‘देशमा अपराध पूर्ण काम भएको छ । यसको छिनोफानो हुने आवश्यक रहेको छ । राष्ट्रिय राजनीति दुई ध्रुवमा केन्द्रमा रहेको छ । एउटा एमाले हो । यो मुलुक बनाउने पार्टी भनेको एमाले हो,’ उहाँले भन्नुभयो  ।

नेपालमा राष्ट्रियताको कुरा गर्ने भारतसँग हिमचिम गर्ने काम प्रचण्डले गरे उहाँले भन्नुभयो । ‘ओलीले त भारत हाम्रो छिमेकी मुलुक हो भन्नुभयो । छिमेकीसँग चीनसँग पनि त्यही कुरा गर्नुभयो,’ उहाँले भन्नुभयो । ,‘भारतको अतिक्रमण गरेको कालापानी लिपुलेक नेपालमा संविधान संशोधन गर्नुभयो ।’

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ४ : ३२ बजे