खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

म जहाँ जान्छु, त्यहाँका जनप्रतिनिधि एमालेमा प्रवेश गर्दैछन् : अध्यक्ष ओली 

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको बताउनुभएकाे छ । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु जहाँ गयो त्यहींका  जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताउनुभएकाे हाे । 

'म जहाँ गयो त्यहींका  मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्ने थिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ,' अध्यक्ष ओलीले भन्नुभयाे  । 

विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको उहाँले बताउनुभयाे  । 'तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,' उहाँले भन्नुभयाे  । 

अहिले एमाले जुन मजबुद हालतमा छ त्यो नेताहरूले नभएर कार्यकर्ताका कारण भएको ओलीले बताउनुभयाे  । 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : २७ बजे