वैशाख ३० गते पाँच दललाई एउटै कुच्चाले बढार्ने छौं : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई एउटै कुच्चाले बडार्ने चेतावनी दिनुभएको छ । आइतबार इलामको फिकलमा आयोजित कार्यक्रममा बोल्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका  ओलीले स्थानीय निर्वाचनमा आफुहरु एक्लैले लड्ने र जित्ने बताउनुभयो ।   

अध्यक्ष ओलीले सुर्यलाई जित हासिल गर्न जुनकरीहरुको जस्तो पिलपिले मोर्चाबन्दी आवश्यक नरहेको बताउनुभयो । अध्यक्ष् ओलीले भन्नुभयो,‘सिगो देश उज्याले बनाउने सुर्य हामीसँग छ, जुनकिरी जस्तो पिलपिले  मोर्चाबन्दी कसैसँग गर्न आवश्यक छैन ।’

एमाले जनताको पार्टी रहेको भन्दै अध्यक्ष ओलीले  एमालेलाई कसैले पनि ढाल्न नसक्ने बताउनुभयो । ‘एमाले जनताको बीचमा छ, कसैले  ढाल्न सक्दैन,’ उहाँको भनाई थियो । अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको बताउनुहुँदै इलामको विग्रिएको बाटो चाँडै राजमार्ग सरह व्यवस्थित गरिने बताउनुभयो । 

इलामको नगदे बालीमा केही समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : २३ बजे