रुसद्वारा हाइपरसोनिक मिसाइल प्रहार, युक्रेनको इन्धन भण्डारण स्थल ध्वस्त

मस्को – रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा  रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ।

"हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नेहकहरूको लागि ठूलो भण्डारण स्थल नष्ट गर्यो्," रूसी रक्षा मन्त्रालयले  उल्लेख गरेको छ । 

रासस-एएफपी

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : १९ बजे