मन्थली विमानस्थलमा पानी पस्यो

इनारमा डुबेर वृद्धाको मृत्यु

चितवन। इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्कनुभएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उहाँको खोजी भएको थियो । घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ०९ बजे