खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

झलनाथलाई जन्मदिनमा झड्का : निर्वाचन क्षेत्रमा समाजवादी शून्य, सबै नेता तथा कार्यकर्ता एमालेमै फर्किए

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति नै शून्यतामा पुर्याउने गरी सयौँ नेता तथा कार्यकर्तालाई एमालेमा भित्र्याउनु भएको छ ।

पहिलो पटक एमालेको पार्टी प्रवेश कार्यक्रममा इलामको सूर्योदय नगरपाकालिकाको फिक्कल बजारमा पुग्नुभएका अध्यक्ष ओलीले झलनाथ खनालका अधिकांस नेता कार्यकर्तालाई एमालेमा भित्र्याउनु भएको हो ।

खनाल समाजवादीमा लागे पनि एमाले कार्यकर्ताहरू भने कमैमात्र उनीसँग गएका थिए । ती मध्ये पनि ९० प्रतिशत कार्यकर्ता आइतबार एमालेमै फर्किएको एमाले इलामका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभएको छ ।

आज झलनाथ खनालकाे जन्म दिन हाे । जन्म दिनमै सबै कार्यकर्ता एमालेमै फर्किएपछि झलनाथलाई चुनावकाे मुखमा ठुलाे झड्का लागेकाे छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  २ : ३९ बजे